अर्थ

खोलियो अवरुद्ध मध्यपहाडी लोकमार्ग

काठमाडौँ। अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सोमबार बिहान करिब ८ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडकमा बेलुका ७ बजेदेखि पुनः गाडी चल्न थालेका हुन्।

अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएरबीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए।

करिब एकसय मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा हटाइएको नगरप्रमुख विमला राईले बताइन्। रासस

सम्बन्धित समाचार

हेर्नुस् डलरको भाउ

हेर्नुस् डलरको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...