सामाजिक सन्जालको ‘आकर्षक उपहार’को पछि नलाग्न प्रहरीको अनुरोध
काठमाडौँ। नेपाल प्रहरीले सामाजिक सञ्जालमा आउने जुनसुकै लिंक खोल्न नहुने पनि सचेत गराएको छ। नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ।
प्रहरीका अनुसार फेसबुक, इन्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ।
एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गरेको पाइएको प्रहरीले जनाएको छ।
त्यस्ता एप डाउनलोड भएपछि डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने काम भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको प्रहरीले जनाएको छ।
भ्रामक प्रलोभनमा परी नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिंक तथा एपहरु नखोल्न, डाउनलोड नगर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




