
काठमाडौँ। चर्चित गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ बुधबार सार्वजनिक भएको छ । व्यावसायिक गीतबाट टाढै रहेकी गायिका माझीले तीजको बेला नयाँ गीत लिएर आउने गरेकी छिन् । पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको ‘पुतलीको भट्टी–२१’ मा स्वर माझीको रहेको छ । सपना म्युजिकले बजारमा ल्याएको गीतमा ललिता पौडेलले अभियान गरेकी छिन् ।
गीत रिलिज भएको २ घण्टामै युट्युबमा २ हजारभन्दा बढी कमेन्ट आएका छन् । अधिकांशले माझीको गीत आएपछि मात्र तीज आएको महसुस हुने खालका कमेन्ट लेखेका छन् ।