राजनीति

निर्वाचन आयोगले दिएन नाउपाका लालवीरलाई वैधता, रन्जीता नै अध्यक्ष

काठमाडौँ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पछिल्लो भेला अवैधानिक भएको निश्कर्ष निकालेको छ।

योसँगै लालवीर चौधरीको नेतृत्व अवैध ठहर भएको छ भने अध्यक्षमा रन्जीता श्रेष्ठ नै कायम भएकी छन्। आयोगको हिजो बसेको बैठकले रन्जीताको नेतृत्वलाई नै वैधानिकता दिने निर्णय गरेको प्रवक्ता निता पोखरेल आचार्यले जानकारी दिइन्। नाउपाको राष्ट्रिय भेलाले रन्जीतालाई अध्यक्षबाट हटाउँदै लालबीर चौधरीलाई अध्यक्ष बनाएको थियो।

चौधरीले साउन १५ गते विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए। नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन्। त्यसकारण राजनीतिक दलसम्बन्धि ऐन र पार्टीको विधान अनुसार लालबीरको नेतृत्व अवैध ठहर भएको हो।

नाउपाले २०८० मा पहिलो महाधिवेशन गरेर रेशमलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षमा कायम गरिदिएको थियो।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...