चक्रे मिलन हुलदंगा मुद्दामा छुट्ने आदेश, तर तत्काल रिहा नहुने
काठमाडौँ। जन्मदिनको पार्टी मनाउँदै गर्दा पक्राउ परेका गुण्डानाइके चक्रे मिलन (मिलन गुरुङ) लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न बुधबार आदेश गरेको हो।
हुलदंगा गरेको आरोपमा उनीसहित १९ जनालाई साम्बाला होटलबाट प्रहरीले गत साउन १५ गते पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालय अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो।
थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो। तर उनी तत्काल रिहा नहुने भएका छन्। उनलाई अनुशन्धानका लागि भक्तपुर लगिने भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




