राजनीति

माधव नेपालले माओवादीसँग एकता गर्ने तयारी थालेपछि सशंकित बने कार्यकर्ता

काठमाडौं। पछिल्लाे ताका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने चर्चा सुरु भएको छ। माओवादीले ओपचारिकरूपमा एकता प्रक्रिया सुरु भएपनि समाजवादी अन्याेलमा छ।

समाजवादीका नेताहरु एकता नहुनुपर्ने तर्क गरिरहेका छन्। समाजवादी निकट नेताहरू भने माधव नेपाल अहिले समाजवादीलाई माओवादीमा मिसाउन लागेकाे बताउन थालेका छन्। निकट स्राेतका अनुसार नेपालले एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउन थालेका छन्।

यता सम्मानित नेता झलनाथ खनाल भने माओवादीसँग एकता नगर्नुपरने तर्क बताउँछन्। उनीहरू एकता प्रक्रिया किन भन्ने प्रश्न उठाउन थालेका छन्।
खनाल निकट समाजवादी निकट दीपक जीएम एकता प्रक्रियाबारे प्रश्न उठाएका छन्। उनले पार्टीको नाम, सिद्धान्त र चुनाव चिह्नबारे प्रश्न उठाएका छन्।

उनले पार्टीको ढाँचा र आकारका बारेमा नेपाललाई प्रश्न गरेका छन्। उदयका भनाइअनुसार एकता अन्तिम चरणमा पुगेको बुझिन्छ। अन्य नेताहरू समेत एकता प्रक्रिया सुस्त तरिकाले चलिरहेको सुनाउँछन्। समाजवादी उपाध्यक्ष जगन्नाथ खतिवडा अनौपचारिक तरिकाले एकताका कुरा चलेको दाबी गर्छन्।

नेपाल निकटस्थ नेताहरू अहिले माओवादीसँग बारम्बार छलफलमा जुटेको स्राेतको दाबी छ। उनीहरू अबको एकता पहिलेको एमाले र माओवादी एकता जस्तो हुनु नहुने सुनाउँछन्।

खनाल निकट जीएम एकताका प्रक्रियामै वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रका विषयमा कसरी मिल्ने भन्ने प्रश्न उठाएका छन्। उनले आगामी निर्वाचनको उम्मेदवारका विषयमा समेत छलफल हुन जरुरी हुनुपर्ने नभए पहिलेकै हबिगत हुने प्रश्न उठाएका छन्।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...