यी स्थानमा आज पर्छ पानी
काठमाडौँ। देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो स् लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईलगायत देशको पहाड भेगका केही स्थान र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति पहाडमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाड तथा तराईलगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
ताजा अपडेट
-
१.
वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने
-
२.
ज्ञानेन्द्र शाहीको माग : संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना गर्नैपर्छ
-
३.
नेप्सेमा सुधार
-
४.
सरकारलाई रचनात्मक तरिकाले सहयोग गर्छौ : वर्षमान पुन
-
५.
उपत्यका मात्र नेपाल हो भन्ने भास्य नहोस्, घर टहरा नभत्काइयोस् : हर्क साम्पाङ
ट्रेन्डिङ
सम्बन्धित समाचार
दीपक भट्ट पक्राउ
काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी...
खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ
काठमाडौँ। खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ कि...
गृहमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन...
कस्तो छ आजको मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल...




