एमसीसी अन्तर्गतका दुई ठेक्कामा सम्झौता आज
काठमाडौँ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ।
एमसिए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि बिहीबार ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदै छ।
कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो।
बिहीबार ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम ९जेभी० सँग सम्झौता हुँदै छ। कम्पनीले उक्त लाइन निर्माण गर्न सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ। यो खण्डमा २४८ वटा टावरसहित प्रसारण लाइन बन्ने छ।
त्यस्तै सात करोड ७० लाख तीन हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यु दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन वाइबा–सलार जेभीले पाएको छ। सो प्रसारण लाइनमा २४९ वटा टावर निर्माण गरिने छ।
न्यु बुटवल–नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मङ्सिर १२ गते ठेक्का आह्वान गरिएको थियो। सो बमोजिम १८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता हुन लागेको हो।
दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ। प्रसारण लाइनका पाँच खण्डमध्ये अब दुई खण्डको निर्माण सम्झौता हुन बाँकी छ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




