आइतवार, भदौ १, २०८२
English
Follow us:

नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकबाट पायो १७८ रनको लक्ष्य

नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकबाट पायो १७८ रनको लक्ष्य

  • खबर सेवा

  • शुक्रबार, साउन ३१, २०८२

  • 54
    SHARES
नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकबाट पायो १७८ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।

एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा गुल्शन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology