राजनीति

रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।

सभापति लामिछानेलाई रुपन्देहीबाट कारागार सरुवा गरेर काठमाडौं ल्याउन लागिएको हो । आज दिउँसो ३ : १० बजे भैरहवाबाट बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ ।

लामिछाने सहकारी ठगी, संगठित अपराधलगायत मुद्धामा पुर्पक्षका लागि गत २५ चैतदेखि रुपन्देही कारागारमा रहेका थिए । कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई नख्खुस्थित कारागारमा राखिनेछ ।

हालै लामिछाने रहेको रुपन्देही कारागारको बसाइ व्यवस्थापनको विषयमा विवाद उत्पन्न भएको थियो । त्यसपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले उक्त कारागार अनुगमन गरेको थियो । त्यसक्रममा आयोगले उनी बसेको कोठा ‘राम्रो नभएको’ बताएको थियो ।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...