आइतवार, भदौ १, २०८२
English
Follow us:

रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

  • खबर सेवा

  • शनिबार, साउन ३२, २०८२

  • 34
    SHARES
रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।

सभापति लामिछानेलाई रुपन्देहीबाट कारागार सरुवा गरेर काठमाडौं ल्याउन लागिएको हो । आज दिउँसो ३ : १० बजे भैरहवाबाट बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने जनाइएको छ ।

लामिछाने सहकारी ठगी, संगठित अपराधलगायत मुद्धामा पुर्पक्षका लागि गत २५ चैतदेखि रुपन्देही कारागारमा रहेका थिए । कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई नख्खुस्थित कारागारमा राखिनेछ ।

हालै लामिछाने रहेको रुपन्देही कारागारको बसाइ व्यवस्थापनको विषयमा विवाद उत्पन्न भएको थियो । त्यसपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले उक्त कारागार अनुगमन गरेको थियो । त्यसक्रममा आयोगले उनी बसेको कोठा ‘राम्रो नभएको’ बताएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology