
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । आइतबार परराष्ट्रमन्त्री राणासँग उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका सवालमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । नेपालको दुई दिने भ्रमणका सिलसिलामा मिश्री आजै नेपाल आएका थिए ।