राजनीति

विपिन जोशीको रिहाइ गर्नु सरकारको दायित्व : प्रधानमन्त्री

काठमाडौँ। इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार सक्रिय पहलमा जुटिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति र संसद अध्यक्ष सँग भेट गरी बिपिनको रिहाइका लागि आग्रह गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले बिपिन जोशीको रिहाइका सन्दर्भमा मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सईद हुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी ध्यानाकर्षण गराएका थिए।

ूबिपिनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ र यसको लागि सबै सम्भावित कूटनीतिक पहलहरू भइरहेको छ,ू प्रधानमन्त्री ओलीले स्पष्ट पारे। उनले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका विभिन्न नेपाली दूतावासमार्फत हमास र इजरायलबीच चलिरहेको तनावपूर्ण परिस्थितिमा निरन्तर संवाद गरिरहेको जानकारी दिए।

प्रधानमन्त्रीले बिपिनको सुरक्षाका लागि समर्थन जनाइरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी, र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै भने, ‘बिपिनका परिवारको साथमा सरकार दृढतापूर्वक उभिएको छ।’

सरकारको भनाइले बिपिनको रिहाइप्रति थप आशा जगाएको छ भने अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालले आफ्नो नागरिकको सुरक्षाका लागि गरिरहेको पहलप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

सम्बन्धित समाचार

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...