नेपालको लगातार तेस्रो हार
काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि पराजय ब्यहोरेको छ। नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्स ३१ रनले पराजित भएको हो।
मेलबर्न स्टार्सले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि असिफ शेख अर्धशतक प्रहार गरे। उनले ५० बलमा ५३ रन प्रहार गर्दै रनआउट भए। कप्तान रोहित पौडेल ३३ रन प्रहार गरेर आउट भए। कुशल मल्ल ११ रनमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।
ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सले अर्धशतक प्रहार गरेका थिए। मेलबर्नका म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।
ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए।
१३।१ ओभरमा सन्दीप लामिछानेको बलमा भीम सार्कीले म्याकडोनाल्डलाई क्याच गर्दै आउट गरेर यो साझेदारी तोडे।
अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन। नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र शहाब आलमको नाममा समान एक विकेट रह्यो।
यसअघि नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी तथा दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




