बुधबार, भदौ ११, २०८२
English
Follow us:

कालिमाटीमा कति छ तरकारीको मूल्य?

कालिमाटीमा कति छ तरकारीको मूल्य?

  • खबर सेवा

  • बुधबार, भदौ ४, २०८२

  • 48
    SHARES
कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा बोडी, भण्टा, करेला, परबलसहित धेरैजसो तरकारीको मूल्य बढेको छ।

कालमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८४, सानो लोकल गोलभेँडा २७, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११७, लोकल बन्दा ३०, स्थानीय काउली ११४, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५६, तने बोडी ११०, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो छ।

 

त्यसैगरि करेला ६८, लौका ७२, तराईको परबल ९७, घिरौँला ५५, झिँगुनी ७०, डल्ले फर्सी ७३, पाकेको फर्सी ४५, भिन्डी ७९, कन्य च्याउ २२४, डल्ले च्याउ ४७०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११८, लोकल बन्दा ३०, स्थानीय काउली ११२, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३६, डल्ले भन्टा ४७, तने बोडी ९५, मकै बोडी ८७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ६१, लौका ६९ तराईको परबल ९८, घिरौँला ५४, झिँगुनी ७०, डल्ले फर्सी ७४, पाकेको फर्सी ४४, भिन्डी ८०, कन्य च्याउ २१०, डल्ले च्याउ ४५२, ब्रोकाउली २३५ रुपैयाँ प्रतिकिलो थियो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology