अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

काठमाडौँ। अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ। मृतकमा १७ बालबालिका छन्। एक तालिबान अधिकारीले बीबीसी पस्तोलाई बताएअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगान आप्रवासी थिए।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए। बसमा रहेका सबै जनाको मृत्यु भयो भने ठोकिएका दुई सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको जनाइएको छ।

हालैका महिनामा इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेका अफगानहरूलाई निष्कासन गर्ने प्रक्रिया बढाएको छ। १९७० को दशकदेखि लाखौँ अफगानी इरान र पाकिस्तान भागेका छन्।

१९७९ मा अफगानिस्तानमा सोभियत संघको आक्रमण र २०२१ मा तालिबान सत्तामा फर्किएपछि ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।

 

सम्बन्धित समाचार

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...

इस्तानबुलको मध्य भागमा भवन भत्किँदा मानिस पुरिए

इस्तानबुलको मध्य भागमा भवन भत्किँदा मानिस पुरिए

टर्कीको इस्तानबुल शहरको मध्य भागमा आईतवार एउटा भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको स्थानीय सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।...

अमेरिका-इरान तनाव : सकिन लाग्यो ट्रम्पले दिएको समयसीमा

अमेरिका-इरान तनाव : सकिन लाग्यो ट्रम्पले दिएको समयसीमा

काठमाडौँ। विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन...

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा...