रवि भेट्न नख्खु पुगे प्रचण्ड
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको नख्खुस्थित कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार अपराह्न लामिछानेलाई भेटेका हुन्।
सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा चैत २५ गतेदेखि भैरहवास्थित कारागारमा रहेका लामिछानेलाई गत शनिबार नख्खु कारागारमा सारिएको थियो। रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा लामिछानेमाथि जेल सजाय दिइएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
सत्तारुढ नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रक्रिया थालेपछि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले लामिछानेसँग भेट गरेका हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




