खेलकुद

अष्ट्रेलियाको शृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाडौं। अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ ।

मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जितको स्वाद चाखेको हो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै मेनबर्नलाई १०६ रनमा रोक्न सफल भए ।

नेपाललाई फराकिलो जित दिलाउन फास्ट बलर सोमपाल कामीले ५ विकट लिए। टिममा निकै फेरबदल गरिरहेको नेपालले आज नियमित कप्तान रोहित कुमार पौडेललाई बेन्चमा राखेको थियो । उपकप्तान दिपेन्द्रसिंह ऐरीले टिमको सफल कप्तानी गरे ।

आसिफ शेखलाई बेन्चमा राखेको नेपालले कुशल भुर्तेलको जोडीका रुपमा भिम सार्कीलाई ओपनिङमा पठायो । तर, यो जोडी धेरै टिकेन । ६ बलमा १ रन बनाएर भुर्तेल आउट भए । तेस्रो नम्बरमा आए आरिफ शेख ।

भीम र आरिफबीच छोटो तर आक्रमक साझेदारी भयो । भीम १२ बलमा १७ रन बनाएर आउट भए भने आरिफ ७ बलमा १२ रन जोडेर फर्किए । ३२ रनमा तीन विकेट गुमाउँदै नेपाल दवावमा पर्यो ।

त्यसपछि कुशल मल्ल र कप्तान ऐरीबीच ५० रनको उपयोगी साझेदारी भयो । २२ बलमा २९ रन जोडेर मल्ल आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाइरह्यो । गुल्शन झा २ र सोमपाल कामी ० रनमा आउट भए । कप्तान ऐरी पनि २८ बलमा २७ रन जोडेर पेभिलियन फर्किए ।

१०० रनमा सात विकेट गुमाएको स्थितिबाट नेपाललाई लोकेश बलमे अलिकति उकासे । आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा २४ रन प्रहार गरे । १९ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार दुई छक्का र चौका प्रहार गरेका थिए । रुपेश सिंहले २१ बलमा १६ रन जोडे ।

जवाफी ब्याटिङमा नेपालले मेलबर्नलाई सुरुबाटै दवावमा राख्यो । २/२ ओभरमा सोमपाल कामीले मेलबर्नको पहिलो विकेट चट्काएपछि नेपाल निरन्तर खेलमा हावी भयो मेलबर्नले ठूलो पार्टनरसीप गर्न सकेन ।

कप्तान ऐरीले बलरहरुको प्रयोग निकै सन्तुलितरुपमा गरे । कुशल भुर्तेलले दुई विकेट लिए भने साहब आलम र रुपेश सिंहको नाममा एक एक विकेट रह्यो । अघिल्लो म्याचमा ५ विकेट लिएका नन्दन यादव आज विकेटविहिन बने ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...