
इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई मे ९ को दंगासँग सम्बन्धित ८ वटा मुद्दामा सर्वोच्च अदालतले जमानत दिएको छ ।
इमरानले दंगाको समयमा आफू एनएबीको हिरासतमा रहेकोले घटनामा संलग्न हुन सम्भव नभएको तर्क गरेका थिए। उनले एफआईआरमा लगाइएको आरोप निराधार भएको बताए । एजेन्सी