अर्थ

अर्थमन्त्रीमाथि माओवादीको गम्भीर आरोप, रातारात करका दर हेरफेर गरेको विषय संसद्मा उठ्यो

काठमाडौं। माओवादी नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले स्वार्थ प्रेरित ढङ्गले करका दर हेरफेर गरेको बताएका छन् । शुक्रबारको संसद्मा बोल्दै सांसदले पास गरेको विधेयकका करका केही दरहरू संसदलाई जानकारी नदिई आफूखुसी परिवर्तन गरिनुले नियतमाथि प्रश्न उठेको बताएका हुन् ।

पुनका अनुसार सरकारले किसमिसलगायतका सुख्खा फलफूल, औषधी राख्ने बट्टा, सलाइका काँटीलगायतका केही शीर्षकमा करका दल घटाएको छ । यसले नेपालमै उत्पादन हुने फलफूलको मूल्य प्रभावित हुने उनले बताए । कार्यपालिकालाई केही विशेष अवस्थामाबाहेक करका दल हेरफेर गर्ने अधिकार नभएको उनेकाे भनाइ छ ।

अहिले संसद चलिरहेको अवस्थामा संसद छलेर अर्थमन्त्रीले करका दर हेरफेर गरेको आरोप उनले लगाए । उनले अर्थमन्त्रीकाे कार्यक्षमतामा समेत प्रश्न उठाए । पहिलो चाैमासिकभित्रै करका दर हेरफेर गरिनुमा अर्थमन्त्रीको असक्षमता वा बदनियतमध्ये एक भएको तर्क गरे ।

याे विषयमा सरकारले संसदलाई जवाफ दिनुपर्ने पुनको माग छ ।

सम्बन्धित समाचार

हेर्नुस् डलरको भाउ

हेर्नुस् डलरको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर,...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...