भूमि विधेयकमा माओवादीको फरक मत, यस्ता छन् बुँदा
काठमाडौं। नेकपा माओवादी केन्द्रले भूमिसम्बन्धी विधेयकमा फरक मत दर्ता गरेकाे छ ।
भूमिसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२ संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएपछि केही परिमार्जनसहित बहुमतबाट पारित भएको छ । सोहीबारे आफ्ना फरक मत रहेको बताउँदै माओवादी सांसदहरू रुपा सोसी चौधरी, मीना तामाङ र मीना यादवले शुक्रबार फरक मत दर्ता गराएका हुन् ।
यस्ता छन् फरक मत:
(१) विधेयकमा प्रस्ताव गरेका दफा १२ को (ज) र यसमा रहेको सूचित आदेशद्वारा तोकी दिएको शर्तको अधीनमा रही सोही आदेशमा तोकिएको हदसम्मको जग्गासम्बन्धी प्रावधानले जग्गाजस्तो संवेदनशील र जनताको प्रत्यक्ष सरोकार राख्ने सवालमा विधायिकी अधिकार संकुचित गरी हदबन्दी छुटजस्तो विवादित विषय कार्यकारी अधिकारमार्फत् गलत उपयोग हुनसक्ने भएकाले यस दफालाई सुधार गर्नुपर्ने ।
(२) भूमिसम्बन्धी ऐनको हदबन्दीसम्बन्धी व्यवस्थाहरूले खाद्य सुरक्षा, उत्पादन उत्पादकत्व वृद्धि, रोजगारी सृजना र संस्थागत प्रयोजनको लागि व्यवस्था भएता पनि पछिल्ला संसोधनहरुले यसको मूल उद्देश्यलाई खण्डित हुने गरी दायित्व भुक्तानी फरफारकका नाममा जग्गाको सट्टापट्टा र घडेरीकरणमार्फत् बेचबिखन गरी निश्चित वर्गलाई मात्रै लाभ हुने गरी नीतिगत छलछाम भएकाले ऐनमा यस्ता प्रावधानहरु र दफा १२ (ज १) सच्याउनुपर्ने । साथै यसमा सम्बन्धित हुने अन्य सबै संशोधनका दफाहरूसमेत मिलाउनुपर्ने ।
(३) ऐनको ५२ (ग) को उपदफा (३) मा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा राजश्व निर्धारणसम्बन्धी हाल रहेको ७ वटा आधारहरूमध्ये विधेयकले आर्थिक अवस्था, बसोवासको स्थिति, आवाद कमोदको अवधिजस्ता महत्त्वपूर्ण आधारहरू हटाएको छ । यस प्रावधानले सहरी क्षेत्र, राजमार्गहरू र व्यापार व्यवसायको क्षेत्रमा जग्गा आमोद कमोद गरेका आर्थिक रुपले सम्पन्न परिवारलाई समेत कम राजश्वमै जग्गा दर्ता गर्ने छुट दिनेछ । यसबाट सरकारले प्राप्त गर्ने ठूलो राजश्व घट्नुका साथै सामाजिक न्याय कायम गर्न गर्न नसक्ने, आर्थिक अपचलन र नीतिगत भ्रष्टचारलाई बढवा दिने भएकाले अव्यवस्थित बसोबासको लागि परिवारको आर्थिक अवस्था र जग्गाको वर्गीकरण, सहर गाउँको फरक, जग्गाको उपयोगिता आदीको आधारमा लिज दर निर्धारण गरी लिजमा सरकारले जग्गा दिने व्यवस्था गर्नुपर्ने ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




