बुधबार, भदौ ११, २०८२
English
Follow us:

पाकिस्तानसँग नेपालको १ रनको हार

पाकिस्तानसँग नेपालको १ रनको हार

  • खबर सेवा

  • शुक्रबार, भदौ ६, २०८२

  • 45
    SHARES
पाकिस्तानसँग नेपालको १ रनको हार

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन सकेन ।

सुस्त सुरुवात गरेको भएपनि रोहित र दिपेन्द्र मिलेर नेपाललाई राम्रो अवस्थामा पुर्‍याएका थिए । अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालले ६ रन मात्र जोड्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९-७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।

यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology