बुधबार, भदौ ११, २०८२
English
Follow us:

समाजवादी निकट युवा संघको मधेश प्रदेश बैठक सम्पन्न

समाजवादी निकट युवा संघको मधेश प्रदेश बैठक सम्पन्न

  • खबर सेवा

  • शनिबार, भदौ ७, २०८२

  • 369
    SHARES
समाजवादी निकट युवा संघको मधेश प्रदेश बैठक सम्पन्न

बर्दिवास । नेकपा एकीकृत समाजवादी निकट सञ्जीव राई नेतृत्वको युवा संघले मधेस प्रदेश कमिटीकाे बैठक महोत्तरीको बर्दिवासमा सप्पन्न भएको छ । बैठकको अध्यक्षता संघका केन्द्रिय सचिब माधब प्रसाद यादवले गरेका थिए भने प्रदेशका जिल्लाहरुको संगठनात्मक अवस्था र प्रदेश भेला बारे छ्लफल गरेका छन ।

बैठकले मधेस प्रदेशका सबै जिल्लाहरुमा कमिटी गठन गर्दै असोज २५ गते सर्लाहीमा प्रदेशको बृहत भेला गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष माधव यादवले बताएका छन्।

बैठकमा संघका उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज अनील पटेल, अनुशासन आयोग प्रमुख शैलेन्द्र यादव, लेखा उपप्रमुख भोजराज हुमागाई सहित ७ जिल्लाका उपलब्ध केन्द्रिय सदस्यहरु र जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा प्रथम बैठक गरेका थिए ।

बर्दिवासको चिया चौतारीमा सम्पन बैठकले पार्टी आन्दोलनमा प्रतिबद्ध र संगठनमा क्रियाशिल, सक्रिय युवा, युवा संघका केन्द्रिय सदस्य दिपेश अधिकारी दुर्घटनामा परेकोमा स्वाथ्य लाभको कामना समेत गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology