राजनीति

मन्त्री फेर्दैछन् अशोक राई, कोको छन् दाबेदार?

काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए ।

सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा।वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए । उनले भने– ‘सरकारमा हाम्रो पार्टीबाट मन्त्री रहनुभएका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुनुहुनेछ ।’

सो पार्टीले एक वर्षका लागि प्रदीप यादव र नवलकिशोर साहलाई सरकारमा पठाएको थियो । उनीहरू एक वर्षभन्दा बढी सरकारमा रहिसकेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा गठन भएपछि सरकारमा जाने बेला रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो तर उनी विना विभागीय मन्त्रीमा नजाने बरु एक वर्ष कुर्ने भनेकी थिइन् । त्यस्तै यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा।वीरेन्द्र महतो वनमन्त्री भएका थिए ।

सम्बन्धित समाचार

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...