राजनीति

एकीकृत समाजवादीको युवा संघ विवादमा आमनेसामने हुँदै दुवैपक्ष, दुवैको अडान कायमै

काठमाडौं । समानान्तर गतिविधि फैलाएर गतिविधि गरिएका नेकपा एकीकृत समाजवादी निकट युवा संघका सह अध्यक्ष सञ्जीव राई आधिकारिक पक्षले कारबाही गर्ने भएको छ।

उनीमाथि संगठनको आचरसंहिता विपरीत काम गरेको भन्दै इन्चार्ज लक्ष्मण केसीले कारबाही सिफारिस गरेका छन्।

संगठनको आधिकारिक कमिटीका अध्यक्षमा रोशन थापा छन् भने उनीविरुद्ध राईले समानान्तर गतिविधि बढाएका छन्।

राईले विधान विपरीत अराजनीतिक काम गरेको भन्दै साधारण सदस्यता समेत नरहनेगरी निलम्बनका लागि केन्द्रीय कमिटीसमक्ष अनुरोध गरिएको अनुशासन आयोगका अध्यक्ष विकल केसीले जानकारी गराएका छन् ।

यता राई पक्षले भने थापा पक्षलाई अवैध कमिटीले भनेको छ। समानान्तरका महासचिव भेषराज शाहका अनुसार आफ्नो संगठनले पार्टीको  विधि विधान, पद्धति र माउ पार्टीले बोकेको विचार, दर्शन, शिद्धान्त मुल्य मान्यताको जगमा अविचलित अगाडी लम्कने संगठन भएको बताएका छन्।

उनले एकीकृत समाजवादी र युवा संघ नेपालमा पछिल्लो समय गम्भीर षडयन्त्र भइ रहेको आरोप लगाएका छन्। शाहले अवैधानिक कमिटीले हाम्रो संगठनका नेतृत्व र कार्यकर्ताहरुलाई बद्खाइ गरी पार्टी आन्दोलनलाई कमजोर पार्ने हर्कतहरु गरेेको जनाएका छन्।

थापा अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन् ।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...