
काठमाडौँ। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । उनी फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी) का जेठान हुन् ।
न्यायाधीश शंकरकुमार राईको इजलासले बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो । पक्राउ पुर्जी जारी भएदेखि नै फरार रहेका उनी आइतबार मात्रै कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए ।
धरौटी बुझाएसँगै उनले अब बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । सूर्यदर्शन सहकारीका उनी पूर्वअध्यक्ष पनि हुन् ।