
काठमाडौं। साफ यू १७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ। बंगलादेशले नेपाललाई ३-० ले हराएको छ। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे।
भुटानको थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन । नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचाउ गरिन्।
बंलादेशका खेलाडीको करिब आधा दर्जन प्रहारलाई उनले बचाइन्।
तर ४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले गोल गरिन्। र्यसपछि ४५ औं मिनेटमा सौरवी अकान्डा प्रीतिको गोलमा बंलादेशले पहिलो हाफमा २-० को अग्रता बनायो।
नेपाल दोस्रो हाफमा खेलमा फर्कन सकेन । निर्धारित ९० मिनेटमा बंलादेशले पनि थप गोल गर्न सकेन । तर इन्ज्युरी समयमा रेहाको गोसँगै बंगलादेशले ३-० को जित दर्ज गर्यो।
यो महत्वपुर्ण जितमा ३ अंक जोडेको छ। तीन खेलमा बंगलादेशले ६ अंक बनाएको छ। यसअघि बंगलादेशले भुटानलाई ३-१ ले हराउँदा भारतसँग २-० को हार भोगेको थियो।