
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। डल्ले च्याउको मूल्य भने बढेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८२, सानो लोकल गोलभेँडा २८, रातो आलु ५१, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२०, लोकल बन्दा ३७, स्थानीय काउली १२५, लाम्चो भन्टा ४३, डल्ले भन्टा ६१, तने बोडी ९५ रुपैयाँ प्रतिकिलो छ।
करेला ७८, लौका ६८, तराईको परबल ७०, घिरौँला ७०, झिँगुनी ७२, डल्ले फर्सी ७५, पाकेको फर्सी ४२, भिन्डी ५८, कन्य च्याउ २२५, डल्ले च्याउ ४२६, ब्रोकाउली २६८ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ८६, सानो लोकल गोलभेँडा २९, रातो आलु ५०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२४, लोकल बन्दा ३५, स्थानीय काउली १३८, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५९, तने बोडी १०६, मकै बोडी ९२ रुपैयाँ प्रतिकिलो थियो।
करेला ८३, लौका ८५, तराईको परबल ७४, घिरौँला ७२, झिँगुनी ७४, डल्ले फर्सी ७५, पाकेको फर्सी ४५, भिन्डी ६३, कन्य च्याउ २३४, डल्ले च्याउ ३७२, ब्रोकाउली २७६ रुपैयाँ प्रतिकिलो थियो।