आफ्नै जिल्लामा पर्ने लिपुलेक-कालापानी हुँदै व्यापार गर्ने भारत-चीनको सम्झौताप्रति असन्तुष्ट बन्यो दार्चुला एमाले
काठमाडौँ । आफ्नै जिल्लाभित्र पर्ने लिपुलेक-कालापानी क्षेत्रलाई भारत र चीन आफ्नो स्वार्थअनुरूप व्यापार सम्झौता गरेको भन्दै जिल्ला कमिटी दार्चुलाले कडा असन्तुष्टि जनाएको छ।
नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ´नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन । यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो ।`
एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग गरेको छ ।
यस घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमालेले दिएको छ ।
दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।

ताजा अपडेट
-
१.
पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
-
२.
प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण
-
३.
इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ
-
४.
अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै
-
५.
कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
गुठी संस्थानद्वारा महाशिवरात्री पर्वको तयारी पूरा, ४० लाख खर्च लाग्ने
काठमाडौँ। गुठी संस्थानले महाशिवरात्री पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५...
चुनाव आउन २२ दिन मात्र बाँकी
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन आउन अब २२ दिन मात्र बाँकी छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका कमल कोइरालाको चुनाव चिन्ह हो...




