
काठमाडौँ। नेपाली भूभाग लिपुलेकलाई समेटेर छिमेकी मुलुकहरू भारत र चीनले गरेको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघरमा प्रदर्शन गरेको छ।
नेविसंघ अध्यक्ष दुर्जाङ शर्पाको नेतृत्वमा विद्यार्थीले भारतीय विस्तारवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले लिपुलेक हाम्रो भूमि हाे, नेपालको सार्वभौमसत्ता रक्षा गरौँ लगायतका नारा लेखिएको ब्यानर प्रस्तुत गरेका थिए।
संघले यो सम्झौता नेपालको सार्वभौमसत्ता र भू–अखंडतामा आघात पुर्याउने खालको रहेकोले तत्काल खारेजीको माग गरिएको छ। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार यसपछि अन्य चरणबद्ध आन्दोलन गरिने सेजुवालको भनाइ छ।