समाचार

तीजको दिन पशुपति क्षेत्रमा ७०० सशस्त्र प्रहरी खटिइने

काठमाडौं। हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन हुनेछन् । जसमा १ सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिने छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.को कमाण्डमा मंगलबार राती २ बजेदेखि ड्यूटी परिचालन हुनेछ ।

पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको सम्पुर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।
उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् ।

त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौ, नं. १८ निलबराही गण किर्तिपुर , नं. २० विपद् उद्वार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघभैरव गुल्म काठमाडौमा आबश्यकता अनुसार सुरक्षा फौज तयारी हालतमा राखिएको छ ।

त्यस्तै नेपाल एपीएफ अस्पतालको महिला चिकित्सकसहितको स्वास्थ्यकर्मीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ । नं. २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा विपद् उद्धारक र आवश्यक सामाग्रीसहितको वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदिको किनारमा खटिने सशस्त्रका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित समाचार

काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ

काठमाडौँका पूर्वसीडीओ रिजाल पक्राउ

काठमाडौँ। काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको...

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ

काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...