लोसपा नेपाल पाँचौ वर्षमा प्रवेश, आसन्न महाधिवेशन र सांगठनिक विस्तारबारे सुझाव प्रतिवेदन प्रस्तुत
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले चौथों वार्षिकोत्सव मनाएको छ। आज काठमाडौं बबरमहलस्थीत केन्द्रीय कार्यालयमा पार्टीले विभिन्न कार्यक्रम गर्दै चौथाें स्थापना दिवस मनाएको हो।
अध्यक्ष महन्थ ठाकुरले लोसपा आफ्नो पाँचौ वर्षमा प्रवेश गरेकोमा सबै जिम्मेवार पदाधिकारी, वरिष्ठ नेता, नेता तथा कार्यकर्तालाई शुभकामना दिए।
उनले सबैको साथ र सहयोगले लोसपा छोटो समयमा सबैको विश्वास जित्न सफल भएको बताए । उनले पार्टीले आगामी दिनमा पनि आफ्नो एजेण्डामा अडिग रहने, देश र मधेशको हितमा कार्य गर्ने विश्वास व्यक्त गरे।
यद्यपि पाँचौ वर्षमा प्रवेश गर्दैगर्दा पार्टीका महासचिव मनिष मिश्रले आसन्न महाधिवेशन र संगठन सदृढिकरणका लागि सुझाव प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महासचिव मिश्रले एक प्रतिवेदन प्रस्तुत गर्दै लोसपाको अस्तव्यस्ताको अवस्थालाई बलियो सांगठनिक विस्तार गरेर देशकै तेस्रो ठूलो दल बनाउन सकिने सुझाव दिएका छन् ।
उनले कुशल नेतृत्व, दूरदर्शी नेता, जनताको आर्कषणको केन्द्र, युवा नेतृत्व, प्रस्ट विचार, सिद्धान्तमा अडिग, कार्यालय व्यवस्थापनमा कुशल, राज्यको तल्लो तहसम्मको सांगठनिक अवस्थालाई बलियो बनाउन सके लोसपा नेपालको तेस्रो ठूलो पार्टी बन्ने बताएका छन् ।
लोसपाको स्थापना २०७८ भदौ ९ मा भएको थियो ।
लोकतान्त्रिक आन्दोलन, समानुपातिक समावेशिताको लडाईमा ठाकुरको योगदानको स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, `तपाईंजस्तो सदाचारी र लोकतान्त्रिक नेताको नेतृत्वमा हामीसबैले एउटा लक्ष्य लिएका छौं। जसकालागि बलियो सांगठनिक विस्तार सर्वोपरि रहेको उल्लेख छ।´

लोसपा बैठकमा प्रतिवेदन पेस गर्दै महासचिव मनिष मिश्र।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...
दोलखामा लुटिका ५५ मध्ये ९ मतपत्र अझै गायव
दोलखा। दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ। तामाकोशी गाउँपालिका ४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो। त्यसमध्ये...
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...




