राजनीति

एमाले खोटाङले गर्यो विद्या भण्डारी पार्टीमा फर्काउन नहुने निर्णय, विशाल भट्टराई भन्छन्,`उहाँ पूर्वराष्ट्रपति हो´

खोटाङ ।नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा पारित गरेको अन्तरपार्टी निर्देशन अपानी १२ को निर्णयलाई एमाले खोटाङले पूर्णरुपमा समर्थन गर्ने निर्णय गरेको छ ।

आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिवेसन हुँदैछ । त्यसका लागि एमालेले भदौ ५, ६ र ७ गते पालिका स्तरिय र भदौ ८ गते जिल्ला स्तरिय सुझाव संकलन  कार्यक्रम तथा सचिवालय बैठक आयोजना गरेको थियो ।

विद्यान संशोधन प्रस्ताव माथिको छलफल तथा सचिवालयको बैठकको क्रममा एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति पद नेपालको सन्दर्भमा गणतन्त्रको प्रतीक भएकाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनितिमा फर्कन नहुने सुझावहरु पेश गरेका थिए ।

भदौ ९ गते हलेसी न्युजनेटवर्कको कार्यालय दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले केन्द्रीय कमिटिले पठाएको ‘अपानि–१२’लाई उपयुक्त ठहर गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सकृय राजनितिमा फर्कन नहुँने सुझाव दिने निर्णय जिल्ला कमिटी खोटाङले गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध व्यापक आक्रमण र घेराबन्दी गर्ने प्रयत्न गरिएकाले उक्त आक्रमणलाई निस्तेज गर्न नेतृत्वको रक्षा गर्नु नेता तथा कार्यकर्ताको दायित्व भएको विज्ञाप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै, एमाले खोटाङको पूर्ण बैठकले वामपन्थी विचारका व्यक्ति तथा बिगतमा पार्टी छाडेर गएका व्यक्तिलाई पुनः एमालेमा समाहित गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि जिल्ला अध्यक्ष देवबिक्रम राईलाई जिम्मेवारी प्रदान गरिएको एमाले खोटाङले जनाएको छ ।

बैठकले पार्टीको कोशी प्रदेश कार्यसमितिले सुरु गरेको प्रदेशस्तरीय समृद्धिको खाका निर्माण अभियानलाई जिल्लाका तल्लो तहसम्म पु¥याउने निर्णय गरेको छ । यसका लागि प्रदेशसभा क्षेत्र नं. १ (क)मा उपसचिव कविता राई र २ (ख)का लागि राजन बञ्जरालाई जिम्मेवारी प्रदान गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

पार्टी जिल्ला कार्यसमितिको वार्षिक कार्ययोजना निर्माण र मातहतका समितिलाई आफ्नो वार्षिक कार्ययोजना निर्माण गर्न सहजीकरणका लागि सचिव सुरेन्द्रकुमार राईलाई जिम्मेवारी प्रदान गरिएको  विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका पोलिटव्यूरो सदस्य विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताए । सचिवालय,पोलिटब्यूरो तथा केन्द्रीय समितिका बहुमत सदस्यले गरेको निर्णय पूर्वराष्ट्रपति भण्डारीको हितमा रहेको भट्राईले दावी गरेका छन् ।

विद्यादेवी भण्डारी दुई पटक राष्ट्र प्रमुख भएको सम्मानित व्यक्ति हुन्। उहाँ पुनः सक्रिय राजनीतिमा आउँदा त्यो पदको ओझ घट्छ भन्ने पार्टीको निष्र्कष हो । एमालेले गरेको निर्णयले विद्यादेवी भण्डारीको हितमा रहेको दावी गरेका छन्।

 

सम्बन्धित समाचार

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...