सर्वोच्चले भन्यो ; पशुपतिमा नांगा बाबा देखिनु अश्लिनता होइन
काठमाडौं । सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर क्षेत्रमा नागा बाबा (साधु)नाङ्गै बस्ने परम्परालाई अश्लीलता मान्न नसकिने ठहर गरेको छ । यो उनीहरूको धार्मिक आस्था र सनातन परम्पराको अभिन्न अङ्ग भएकोले यसलाई रोक्न आदेश दिन नमिल्ने फैसला अदालतले सुनाएको हो ।
एक वर्ष अघि २०८१ भदौ २७ मा न्यायाधीशद्वय डा। कुमार चुडाल र डा। नहकुल सुवेदीको संयुक्त इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट निवेदन खारेज गर्दै यस्तो आदेश दिएकोमा मङ्गलवार पूर्णपाठ सार्वजनिक भएको हो ।
अधिवक्ता न्यौपानेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा नागा साधुले सार्वजनिक स्थलमा आफ्ना गोप्य अङ्ग प्रदर्शन गरी नाङ्गै बस्ने, खरानी धस्ने जस्ता क्रियाकलापले महिला तथा बालबालिकामाथि यौन हिंसा र मनोवैज्ञानिक असर पारेको भन्दै यस्तो कार्य रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले यसलाई सार्वजनिक अश्लीलता र धार्मिक कुरीति भन्दै यस्ता साधुलाई नेपाल प्रवेशमा रोक लगाउन र सरकारी कोषबाट रकम दिन बन्द गर्न परमादेशको माग गरेका थिए ।
तर, सर्वोच्च अदालतले आफ्नो फैसलामा नाङ्गो हुनु र अश्लील हुनु फरक विषय भएको व्याख्या गरेको छ । अदालतले भनेको छ, ‘नग्नता आफैँमा अश्लील हुँदैन । कुनै पनि कार्य अश्लील हो वा होइन भन्ने कुरा त्यसको उद्देश्य, परिस्थिति र सामाजिक स्वीकार्यतामा भर पर्छ।’ फैसलामा नागा साधुले भक्तजनमा कामोत्तेजना बढाउने वा चरित्रहीन बनाउने उद्देश्यले नभई, भगवान् शिवप्रतिको भक्ति, समर्पण र साधनाको रूपमा सनातनदेखि चलिआएको अभ्यास अनुसरण गरेको देखिने उल्लेख छ। अदालतले विभिन्न हिन्दु धर्मशास्त्र, वेद र उपनिषद्को उदाहरण दिँदै सांसारिक मोह त्यागेर निर्वस्त्र रहनु परमहंस सन्न्यासी परम्पराको एक हिस्सा भएको बताएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले दाबी गरेजस्तो यो कार्यले भक्तजनमा यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बनाउने देखिँदैन । यो सनातनदेखि चलिआएको धार्मिक, सामाजिक र नैतिक मूल्यको दृष्टिले स्वीकार्य अभ्यास हो।’ नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता दिएको र नागा साधुको यो अभ्यास पनि धार्मिक स्वतन्त्रता अन्तर्गत पर्ने अदालतको ठहर छ । शैव सम्प्रदायभित्रको यो विशिष्ट परम्परामाथि रोक लगाउँदा धार्मिक अल्पसंख्यकमाथि भेदभाव हुन जानेतर्फ पनि अदालतले सचेत गराएको छ । पशुपति क्षेत्र विकास कोष लगायतका विपक्षीले यो एक प्राचीन धार्मिक परम्परा भएको र यसलाई व्यवस्थित गर्न आफूहरूले काम गरिरहेको जवाफ दिएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...
रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...
मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...




