बुधबार, भदौ ११, २०८२
English
Follow us:

नेपालमा सामाजिक सन्जाल दर्ता हुन ७ दिनको म्याद थप

नेपालमा सामाजिक सन्जाल दर्ता हुन ७ दिनको म्याद थप

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 28
    SHARES
नेपालमा सामाजिक सन्जाल दर्ता हुन ७ दिनको म्याद थप

काठमाडौं। सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology