नेप्सेमा सुधार
काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अंकले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो। यो एक दशमलव ९१ प्रतिशतको सुधार हो।
आज ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ एक दशमलव ३८, विकास बैंक तीन दशमलव ४०, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन एक दशमलव ६६, जलविद्युत् एक दशमलव ८५, लगानी दुई दशमलव १९ र जीवन बिमा समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन दुई दशमलव ६९, लघुवित्त एक दशमलव शून्य नौ, म्युचुअल फण्ड शून्य दशमलव ४७, निर्जीवन बिमा एक दशमलव ६८, व्यापार दुई दशमलव ६८ र अन्य समूह दुई दशमलव १४ प्रतिशतले बढेको छ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी केबीएल डिबेञ्चर–२०८६ को शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख ७४ हजार २५५ मूल्य बराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा ग्रीन भेन्चर लिमिटेडको आठ लाख ४६ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ।
ताजा अपडेट
-
१.
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
-
२.
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
-
३.
दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
-
४.
प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती
-
५.
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो
काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...
घट्यो सुनको भाउ
काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...




