भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्यो
काठमाडौँ। भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरुप दिएको मुर्रा राँगो मरेको छ। राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका अनुसार उक्त राँगो गत साउन ३० गते मरेको हो। साउन १७ गतेदेखि बिरामी रहेको उक्त मुर्रा ३० गते मरेको कार्यालयका सूचना अधिकृत वरिष्ठ पशु विकास अधिकृत डा महेन्द्र मल्लले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण जाँदा भारतले नेपाललाई नेपालकै आग्रहमा १५ वटा मुर्रा राँगो उपहार दिने निर्णय गरेको थियो।
उक्त राँगाहरू ०८० मंसिर ६ गते भारतबाट बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए।
भारतबाट प्राप्त भएका १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् कार्यालय, लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन् कार्यालय, नेपालगन्जमा तीनवटा राखिएको थियो। यसपटक पोखरामा राखिएको एउटा राँगो मरेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




