समाचार

योजना आयोगका पूर्वसदस्य एवं रास्वपा नेता अरनिको पाँडे महिलामाथि गालीगलौज मुद्दामा पक्राउ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ परेका छन्। सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

उनीविरुद्ध महिलाले उजुरी दिएकी थिइन्। महिलाले उजुरी दिएपछि साइबर ब्यूरोमा हाजिर भएका उनलाई पक्राउ गरिएको ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए। एसपी अवस्थीका अनुसार हिजो अदालत लैजाने समय नभएकोले उनलाई ब्यूरोको हिरासतमा राखिएको छ। आज अदालत पेस गर्ने प्रहरीले जनाएको छ।

२०७९ सालमा रास्वपा प्रवेश गरेका पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।

 

सम्बन्धित समाचार

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौँ। भदौ २ र २४ मा घटेको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।...

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...