समाचार

सर्लाहीबाट दुईजना हतियारसहित पक्राउ

काठमाडौँ। प्रहरीले सर्लाहीबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ। रामनगर गाउँपालिका–७ सिसौट बस्ने २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ बस्ने १८ वर्षीय श्याम महरालाई प्रहरीले पक्राउ गरेको हो।

बीआर ०६ डीएम ९५२३ भारतीय नम्बरको मोटरसाइकल चढेर भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेका किशनसँग गोप्य सूचनाको आधारमा प्रहरीले हतियारबारे सोधखोज गरेको थियो।

किशनले आफूले बोक्ने गरेको हतियार श्यामलाई राख्न दिएको बताएको प्रहरीले जनाएको छ। श्यामको घरमा पुगेर सोधपुछ गर्दा उनले बागमती नदीको बगरमा लुकाएर हतियार राखेको बताएका थिए।

किशनले दिएको बयानका आधारमा बागमती नदीको बगरबाट कटुवा पेस्तोल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही जिल्ला अदालतबाट दस दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले कोशी, बागमती,...

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...