अरनिको पाँडेलाई मुद्दा दायर
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेविरूद्ध काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक हुने भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार बिहानै अदालतमा मुद्दा दायर गरेको हो। कार्यालय समयअगावै मुद्दा दर्ता भएको अवस्थामा पेसी राखिएको हो।
उनको मुद्दा न्यायाधीश कार्कीको इजलासमा राखिएको छ। उक्त इजलासमा सुरूमा बयान हुनेछ। बयान सकेर थुनछेक बहस हुनेछ।
बहस सकेपछि न्यायाधीश कार्कीले उनलाई पुर्पक्षको लागि धरौटीमा छाड्ने वा थुनामा राख्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे आदेश दिनेछन्। पाँडे बुधबारदेखि साइबर ब्युरोको हिरासतमा छन्।
उनीविरूद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्। उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...
रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...
मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...




