थाइल्यान्डकी प्रधानमन्त्री पदमुक्त
काठमाडौँ। थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पैतोंगटार्न शिनावात्रालाई पदमुक्त गर्दै उनको मन्त्रिपरिषद् विघटन गरेको छ। योसँगै २००८ पछि संवैधानिक अदालतद्वारा पदच्युत हुने उनी पाँचौँ प्रधानमन्त्री बनेकी छिन्।
कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको उनको फोनवार्ता सार्वजनिक भएपछि विवाद चर्किएको थियो। यो विवादका कारण उनलाई गत जुलाईमा निलम्बन गरिएको थियो।
शिनावात्रा थाइल्यान्डको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी नेत्री हुन्। उनले ३७ वर्षको उमेरमा प्रधानमन्त्रीको पद सम्हालेकी थिइन्। उनी देशकी दोस्रो महिला प्रधानमन्त्रीसमेत बनेकी थिइन्।
यसअघि उनकी काकी यिङलक शिनावात्रा २०११ देखि २०१४ सम्म प्रधानमन्त्री बनेकी थिइन्।
शिनावात्रा थाई व्यवसायी र पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्राकी छोरी हुन्। उनले थाइल्यान्डका उत्कृष्ट विद्यालयमा शिक्षा प्राप्त गरेकी थिइन्। त्यसपछि उनले बेलायतको सरे विश्वविद्यालयमा अध्ययन गरेकी थिइन। त्यसपछि उनले परिवारकै ‘रेनन्डे’ होटल समूहसँग काम सुरू गरेकी थिइन्।
शिनावात्रा आफ्नो उपनाम ‘उङ इंग’ नामले पनि चिनिन्छन्। उनले २०२१ मा फ्यु थाई पार्टीमा प्रवेश गरेकी थिइन् र २०२३ मा पार्टी नेतृत्व बनेकी थिइन्।
गत वर्ष थाई संसदले उनका पूर्ववर्ती स्रेत्था थाविसिनको स्थानमा प्रधानमन्त्री चयन गरेको थियो। थाविसिनलाई संवैधानिक अदालतले मन्त्रिपरिषद् नियुक्ति नियमल उल्लंघन गरेको अभियोगमा पदच्युत गरेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




