समाचार

हैजाको प्रकोपले आक्रान्त बन्यो वीरगन्ज, विद्यालय बिदाको समय ३ दिन थपियो

काठमाडौँ। वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि विद्यालयहरू थप तीन दिनका लागि बन्द हुने भएका छन्।

महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले भोलि आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो।

यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ गतेसम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै विद्यालय बन्दको अवधि थपिएको हो।

महानगरले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ।

यस्तै, हैजा नियन्त्रणका लागि महानगरले विभिन्न कदम चालेको छ। स्ट्रिट फुड ९पानीपुरी, चाट, पुच्का, भाजा आदि मा पूर्ण प्रतिबन्ध लगाइएको छ भने टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन गरी ुपानी उमालेर मात्र पिउनु, फलफूल तरकारी राम्ररी धोएर, पकाएर खानु, काँचो वा बासी खाद्यपदार्थ नखानु र व्यक्तिगत सरसफाइमा ध्यान दिनुु भन्ने सन्देशसहित जनचेतना अभियान तीव्र पारिएको छ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालय बन्द अवधिमा शिक्षक तथा कर्मचारीले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसलाई निरन्तरता दिन निर्देशन दिइएको छ।

विद्यालयहरूले हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट तथा अन्य सामग्री महाशाखाबाट प्राप्त गर्न सक्नेछन्। महानगरले हैजा तथा झाडापखालाका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गरेको छ भने बोरिङ र खानेपानी संस्थानमार्फत वितरण हुने पानीको पाइपलाइन व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाएको छ।

महानगरले हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रण नहुन्जेल यस्ता प्रयासलाई निरन्तरता दिने र नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो

सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...