युक्रेनका पूर्वसभामुख परूबीयको गोली हानी हत्या
युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको हत्या भएको छ। युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार मध्याह्न पूर्वसभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो।
गोली प्रहार गरी हत्यारा फरार भएका थिए। परूबीयमाथि धेरै गोली प्रहार भएको थियो। गोली प्रहारबाट ५४ वर्षीया परूबीयको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। परुबीय युक्रेनी संसदका सक्रिय सदस्य थिए।
उनी सन् २०१६ अप्रिलदेखि २०१९ अगस्टसम्म सभामुख थिए। सन् २०१४ को सुरुवातमा पूर्वी युक्रेनमा युद्ध सुरु हुँदा र रूसले क्राइमिया कब्जा गर्दा उनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद् (एनएसडीसी) का सचिव समेत थिए।
उनी सन् १९९१ मा स्थापना भएको सोसल नेशनल पार्टीका सह संस्थापक पनि थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले परूबीयको निधनप्रति शोक व्यक्त गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




