चीन भ्रमणमा रहेका प्रधानमन्त्रीले भेटे भियतनामका प्रधानमन्त्री, ओलीलाई दिए घुम्न आउन निम्तो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका उनीहरूबीच तियान्जिन सहरमा भेट भएको हो।
भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे।
प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे। यसअघि प्रधानमन्त्री ओलीले सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका थिए। त्यस्तै तियान्जिनस्थित चाउ एन्लाई स्मृति संग्रहालयको अवलोकन गरेका थिए।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ। त्यसपछि साँझ ७ बजे रात्रिभोजमा उनी पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुनेछन्।
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...




