राजनीति

चीन भ्रमण सकेर नेपाल फर्किँदै प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज चीनबाट स्वदेश फर्कँदैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन एससिओ० शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कने भएका हुन् ।

उनी बेइजिङमा आज हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी भएर उनी फर्कन लागेका हुन्। प्रधानमन्त्री ओली भदौ १४ गते चीन गएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्टपति हान चङसँग भेटवार्ता गरे। यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमण दलमा ओलीको धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, नेकपा एमाले का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन्।

सम्बन्धित समाचार

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...