राजनीति

अवकाशमा जाँदै प्रहरी महानिरीक्षक थापा, खापुङले कार्यभार सम्हाल्ने

काठमाडौँ। नेपाल प्रहरीका ३१ औँ महानिरीक्षक दीपक थापा अनिवार्य अवकासमा गएका छन्।

प्रहरीको ३० वर्षे सेवाहदका कारण थापा बिदा भएका हुन्। उनले पाँच महिना १३ दिन प्रहरीको नेतृत्व गरे। प्रहरी प्रधान कार्यालयले थापाको बिदाईमा भब्य कार्यक्रमको आयोजना गरेको छ।

दिउँसो दुई बजे प्रहरी हेडक्वार्टरमा सबै दर्जाका प्रहरीहरुलाई उपस्थित हुने निर्देशन दिइएको छ।

३२ औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङ नियुक्त भइसकेका छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो। उनले भोलिदेखि कार्यभार सम्हाल्नेछन्।

सम्बन्धित समाचार

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...