`फरक मत´लाई सचिवालयमा पेस गर्दै एमाले, विधान महाधिवेशन लाने-नलाने निर्णय गर्ने
काठमाडौँ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई उपाध्यक्षको फरक मत सचिवालय बैठकले टुङ्ग्याउने बताएका छन् ।
बुधबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले ६ साउनमा पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नदिन गरेको निर्णयप्रति फरक मत राखेको कुरा सार्वजनिक भएको हुँदा यसबारे कुरा उठे छलफल हुने बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले भण्डारीलाई पार्टी सदस्य दिनुपर्ने धारणा राख्दै आएका छन्, जुन पार्टी निर्णयविपरीत छ । तर, स्थायी कमिटी सदस्य कर्ण थापाले उठाएका विधानबारे धारणामा भने ‘छलफल हुन सक्ने तर कसरी आउँछ त्यसमा भर पर्ने’ महासचिव पोखरेलको भनाइ छ ।
विधान महाधिवेशनकेन्द्रित फरक प्रतिवेदन पेस हुने तयारी बारेको खबर बारे ‘अनुमानको भरमा अहिले नै बाेल्न उचित नहुने’ पोखरेलको तर्क थियो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र अन्य गरी २ हजार ३ सय ४१ काे सहभागीता हुने जानकारी दिए । ललितपुरकाे गाेदावरीमा हुने महाधिवेशनकाे सम्पूर्ण तयारी पुरा भएकाे उनकाे भनाइ थियाे ।
विधान महाधिवेशन २० भदौदेखि २२ गतेसम्म ललितपुरमा हुँदै छ ।
ताजा अपडेट
-
१.
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
-
२.
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
-
३.
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
-
४.
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
-
५.
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...
रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...




