खेलकुद

यू २३ एसियन कप छनोटमा ताजकिस्तानसँग हार्‍यो नेपाल

काठमाडौँ। नेपाल एएफसी यू २३ एसियन कप छनोट प्रतियोगिता पराजित भएको छ। बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्‍यो।

ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थपेको हो ।

सुरुआती दुई गोल मिडफिल्डर आमादोनी कामोलोभको ‘असिस्ट’मा सम्भव भएका हुन् । निर्धारित हाफ सकिन ६ मिनेट बाँकी रहेको अवस्थामा मुहम्मादालीले टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए।

करिब साढे चार हजार समर्थकको उपस्थिति रहेको खेलको ५८औं मिनेटमा पनि मुहम्मादालीले कामोलोभको अर्को कटब्याकलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे। अग्लो कदको फाइदा उठाएका मुहम्मादालीलाई राइट ब्याक राम थापाले निगारानीमा राखेका थिए। तर, राम यसमा सफल हुन सकेनन्।

निर्धारित समयको अन्तिम मिनेटमा मिडफिल्डर रुस्लान खइलोएभको ब्याकपासमा रमात्जोदाले पेनाल्टी बक्सको लाइनबाट अर्को गोल गरे।

वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका रमात्जोदाको राइट फुटेड शक्तिशाली प्रहारले पहिलो बारको जाली चुमेको थियो। थप गरिएको इन्जुरी समयमा अर्का वैकल्पिक खेलाडी शारिपोभले अग्रतालाई चार गोलमा पुर्‍याए।

फ्लडलाइटमा समस्या भएपछि निर्धारित समयको अन्त्यतिर खेल केही बेर रोकिएको थियो। जतिबेला नेपाल २ गोलले पछाडि थियो । खेल पुनः सुचारु भएपछि नेपालले आफ्नो नियन्त्रण र लय दुबै गुमाएको थियो । जसको फाइदा ताजकिस्तानका खेलाडीले लिए।

बुधबार सम्पन्न दिनको पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्‍यो।

नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ। सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने चुनौती समाप्त हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ।

 

सम्बन्धित समाचार

टी २० विश्वकप २०२६ : इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, न्युजिल्यान्डसँग उपाधि भिडन्त

टी २० विश्वकप २०२६ : इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, न्युजिल्यान्डसँग उपाधि भिडन्त

काठमाडौं। इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको...

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...