अर्थ

म्याग्दीको ओखरबोट गाउँ पहिरोको जोखिममा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ ।

ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पुर्‍याएको छ भने थप २५ घर जोखिममा परेका हुन् । स्थानीयवासी चन्द्रबहादुर पटेलले साँझ खाना खाएर आफन्तकहाँ गएर सुत्ने गरेको बताए ।

‘पाखोबाट खसेको पहिरोले तीन वटा घरको छानो भत्काएको छ’, उनले भने, ‘थप पहिरो खस्ने जोखिम भएकाले सुरक्षित ठाउँमा भएको आफन्तकहाँ गएर बस्न थालेका छौँ ।’ पहिरोले चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा पटेलको घरको छानो भत्काएको छ ।

बस्तीदेखि करिब १०० मिटर रहेको पाखोबाट पहिरो खस्न थालेको छ । चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरासहित, सुशीला पटेल, शान्ति पटेल, दिपक पटेल र भोजमाया विकका परिवार विस्थापित भएका छन्।

वडासदस्य भीमसरा पुनका अनुसार घर भत्किएका र उच्च जोखिममा रहेका सात परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । जोखिममा रहेका २० भन्दा बढी घरपरिवार त्रासमा छन् ।

मालिका गाउँपालिकाको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले गत शुक्रबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनसहितको टोलीले पहिरोको स्थलगत निरीक्षण गरी क्षति भएका घरपरिवारलाई खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था मिलाएको बताए ।

पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल निर्माणको तयारी गरेको र प्रदेश सरकारसँग पनि समन्वय गरेको कार्यपालिका सदस्य खड्काथोकीले बताए । पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सतर्कता अपनाउन अनुरोध गर्दै पहिरोको समस्यालाई दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

गाउँ नजिकै रहेको ओखरबोट माविको सबै भवन पहिरोले भत्काएपछि किमबोटमा अस्थायी संरचना बनाएर स्थानान्तरण गरिएको छ । चाररचार कोठे दुई वटा पक्की, ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विकले बताए । उनका अनुसार पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ ।

 

सम्बन्धित समाचार

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल

काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१...

खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक...

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला...