बदन भण्डारीमाथिको आक्रमण राजनीति इस्युमा गरियो, दोषीलाई कारबाही गरियोस् : रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
बुधबार राति काठमाडौंको कपनस्थित प्रगति चोकमा भण्डारीमाथि सांघातिक आक्रमण भएको रास्वपा र्यापिड रेस्पोन्स टिमका संयोजक प्रदीप तिमल्सेनाले विज्ञप्तिमार्फत जनाएका छन् । उनका अनुसार, कपनमा रहेको कार्यालयबाट राति ८ः४५ बजे घर जाने क्रममा नम्बर प्लेट छोपिएको मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गरेका हुन् ।
रड प्रहारबाट भण्डारीको टाउकोमा दश टाँका लगाउनुपरेको र उनको शरीरभर निलडाम रहेको तिमल्सेनाले बताएका छन् । ‘स्थानीय प्रत्यक्षदर्शीका अनुसार, आक्रमणकारीको पञ्जाबाट फुत्केर भागेका कारण भण्डारीले ज्यान जोगाउन सफल भएका थिए’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारीहरूको योजना र घटनाको प्रकृतिले ज्यान लिने उद्देश्यले नै आक्रमण भएको प्रस्ट हुन्छ ।’
विज्ञप्तिमा जनाइएअनुसार, नारी टीभीमा केही समयअघि दिएको अन्तर्वार्तालाई कारण बनाएर भण्डारीलाई निरन्तर धम्की आइरहेको थियो । घटनालाई निन्दनीय भन्दै तिमल्सेनाले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...
बैतडीमा दुई महिला मृत फेला
बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...




