अर्थ

नेप्से निरन्तर ओरालो

काठमाडौँ। सेयरबजारमा निरन्तर गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन पनि नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेको हो।

यस दिन ५ अर्ब १४ करोडको कारोबार भएको छ। १ करोड २७ लाख कित्ता कारोबारमा उक्त कारोबार भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको छ भने एउटा सेयर अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज पनि हिमस्टार ऊर्जा कम्पनीको ९.९८ प्रतिशतले सेयर बढेको छ। यसबाहेक विन्ध्यवासिनी हाइड्रो, माथिल्लो मैलुङ खोला, उपकार लघुवित्तको सेयर बढेका छन्।

त्यसैगरी वाराही हाइड्रोपावर, पिपुल्स पावर, दिव्येश्वरी हाइड्रोपावरको सेयर भने अधिकतम ३.८३ प्रतिशतसम्मले मूल्य घटेको छ। आज कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि छ। कम्पनीको ३५ करोडको कारोबार हुँदा विन्ध्यवासिनी हाइड्रोपावरको १९ करोड, हिमालयन रिको १७ करोडको कारोबार भएको छ।

सम्बन्धित समाचार

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...